तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपुर्ण खेलमा अफगानिस्तान विरुद्ध नेपालको जित

अजय बम । नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता अघिको मैत्रीपुर्ण खेलमा नेपालले अफगानिस्तान विरुद्ध सानदार जित निकालेको छ ।

तीन जना नयाँ खेलाडीले डेब्यु गरेको खेलमा नेपालले एक सेटको अग्रता उल्ट्याउन सफल भयो । लगनखेल स्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपाल र अफगानिस्तानले एक एक सेट जितेका छन ।

निकै रोमाञ्चक बनेको खेलको पहिलो सेट अफगानिस्तानले २५–२२ ले जितेको थियो । सेटको अन्तिममा केही गल्ति गर्दा नेपालले सेट गुमाएको थियो । तर दोस्रो सेटमा नेपालले सुधारित्दो खेल खेल्यो ।

जसमा उसले सुरुवात देखि नै अफगानिस्तानलाई दबावमा राखेको थियो । अफगानिस्तान विरुद्ध अन्तिममा नेपाली स्पाइकरले राम्रो खेल्दा सेट २५–१७ ले जित्न सफल भयो ।

तेस्रो सेटमा पनि नेपाली टिमले आफ्नो लयलाई कायम राख्न सफल भयो । २२–२० को अवस्थामा रहेको खेलमा नेपालले सहज रुपमा २५– २१ ले जित्न सफल भयो ।

चौथो सेटमा पनि नेपालले घरेलु दर्शक र कोर्टको फाइदा लिदै सुरुवात देखि नै राम्रो प्रदर्शन गर्न सफल भयो । तर, अफगानिस्तानले सेट २५–२३ ले जित्यो ।

पाँचौ तथा अन्तिम सेटमा नेपालले सेट १५–१३ ले जित्न सफल भयो । यो जितले नेपालले दुई खेलको सिरीजमा एक शुन्यको अग्रता बनाएको छ । अब नेपालले दोस्रो खेल भोली दिउसो तीन बजे खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button