तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा पालनबाट राम्रो आम्दानी गर्दै किसानहरु

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ भानुमती किसानहरुले बाख्रा पालनबाट राम्रो आम्दानी गर्न थालेका छन ।

स्थानीय नरमाया थापाले गत वर्ष आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले ३५ वटा बाख्रा पाल्नुभएको छ ।

सोही ठाउँका श्रीमाया आलेले गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गर्नुभयो । त्यस्तै सोही ठाउँकै डिलमाया आलेले पनि गत वर्ष ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गर्नुभयो ।

घिरिङ गाउँपालिका–५ माझकोटका नन्दवीर थापाले पनि गत वर्ष पाँच लाख बराबरको खसीबोका बिक्री गर्नुभयो ।

भिमादका अधिकांश महिलाले बाख्रापालनबाट राम्रो आयआर्जन गर्दै आउनुभएको छ ।

तनहुँ, लमजुङ र कास्कीका बाख्रापालक कृषकले गत वर्ष खसीबोका बिक्री गरेर तीन करोडभन्दा बढी आम्दानी गरेका छन् ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा तीन जिल्लामा सञ्चालित ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ मार्फत गठन भएका नौ वटा सहकारीमार्फत कृषकहरुले ३ करोड ४४ लाख १७ हजार ५५९ को खसीबोका बिक्री गरेका छन् ।

सहकारीमा आबद्ध ९०० भन्दा बढी कृषकले बढीमा आठ लाखसम्म खसीबोका बिक्री गरेर आम्दानी गरेको नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक पौडेलका अनुसार उक्त अवधिमा ती सहकारीमा आबद्ध ९०० कृषकले दुई हजार ६१३ खसी बिक्री गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button