तपाईँ सुन्दै हुनुहुन्छः

वाणिज्य तथा आपूर्ती मन्त्रालयद्वारा सुझाव संकलन

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले ऐनको मस्यौदा तयार पारेर सरकारका विभिन्न मन्त्रालयहरुसंग राय सुझाव लिएको जनाएको छ ।

नेपालमा लगानी गर्नेहरुले आआफनो बौद्धिक सम्पतीको प्रयोग मार्फत लगानी गरेको अवस्थामा त्यसको संरक्षणका लागि व्यवस्था गर्न र जुनसुकै ज्ञानको पनि संरक्षण गरी उसको मेहनतको प्रयोग कसैले गरे वापत उसले आर्थिक लाभ लिन सक्ने गरी ऐनमा प्रस्ताव गरेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भटटराईले जानकारी लिनु भयो ।

यो व्यवस्थाले नेपालमा विदेशी लगानीको लागि आवश्यक वातावरण बनाउन समेत मद्दत गर्ने अपेक्षा मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button