२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा प्रहरीलाई चीनद्वारा सहयोग सामग्री

रेडियो नेपाल २०७६ साउन ३० गते ८:३९

रसुवा-रसुवा प्रहरीलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार सहयोग सामग्री प्रदान गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलमेट क्याप, टर्च, दूरबीन, नाइटभिजन क्यामरा, सिल्ड (ढाला) लगायतका विविध सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

प्राप्त सामग्रीले विपद् व्यवस्थापनका साथै सुरक्षा प्रदान कार्यमा समेत उपयोगी हुने सुरक्षाकर्मीले बताएका छन् । सीमा क्षेत्रमा कार्यरत चिनियाँ सुरक्षा अधिकारीले रसुवागढीको आफ्नै भूभागबाट सामान हस्तान्तरण गरेको बताइएको छ ।

सम्बन्धित

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

११ घन्टा अगाडि पुष्करराज बुढाथोकी

गर्भवतीलाई घरदैलोमै कोसेली अभियान

११ घन्टा अगाडि सागर परियार

प्रदेशको सातौँ अधिवेशन अन्त्य

११ घन्टा अगाडि रेडियो नेपाल

नेप्से परिसूचक सामान्य वृद्धि

१२ घन्टा अगाडि रेडियो नेपाल