तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंबाट ११ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका दुई ठाउँबाट ११ जना जुवाडे पक्राउ गरेको छ ।

काठमाडौंको गोकेश्वर नगरपालिका–५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवा खेरिहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १९ हजार १ सय ५० र १ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–६ बौद्धबाट ५ जना जुवाडे पक्राउ परेका छन् । बौद्धको रामहिटीस्थित हिमालयन शेर्पा किचनामा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट २ हजार ७ सय ९० रुपैयाँ नगद बरामद भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button