तपाईँ सुन्दै हुनुहुन्छः

हामीले उत्तरपुस्तिकाको शुल्कमा पुनरावलोकन गर्न सक्दैनौं:त्रिवि

काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्क पुनरावलोकन नगर्ने भएको छ ।

राष्ट्रिय सूचना आयोगलाई पत्र लेख्दै त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले यस्तो बताएको हो ।

उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन लाग्ने शुल्क पुनरावलोकनको माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेपछि आयोगले त्रिविको जवाफ मागेको थियो ।

त्रिविले शैक्षिक प्रशासन तथा संगठनसम्बन्धी नियम २०५० अनुसार कार्यकारी परिषदले शुल्क तोकेकाले त्यसलाई पुनरावलोकन गर्न नसकिने बताएको हो ।

उत्तरपुस्तिकाको प्रतिलिपि लिएवापत वार्षिक प्रणालीका विद्यार्थीबाट २५ सय र सेमेष्टर प्रणालीका विद्यार्थीबाट ५ हजार रुपैयाँ शुल्क त्रिविले असुल्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button