२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सबै भन्दा धेरै नाफा कमाउदै इतिहास रच्यो राष्ट्रिय वाणिज्य बैंकले

रेडियो नेपाल २०७६ साउन ३० गते १४:५९

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा धेरै नाफा कमाउनुका साथै नाफामा इतिहास रचना गरेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको । आर्थिक वर्ष २०७५र७६ मा बैंकले ४६ प्रतिशतले नाफा बढाएको हो ।

सबैभन्दा बढी नाफा कमाउने बैंकका रुपमा स्थापीत हुँदै आएको राष्ट्रिय बाणिज्य बैंकले नाफामा अत्याधिक छलाङ मारेको छ । बैंकको प्रतिसेयर आम्दानी ५९.१७ रुपैयाँ छ । रयस बैंकले ४.२८ प्रतिशत रहेको खराब कर्जालाई घटाएर २.९० प्रतिशतमा झारेको छ ।

त्यसैगरी अघिल्लो वर्ष ६.२० प्रतिशत रहेको बेसरेट यो वर्ष ५.५० प्रतिशतमा झारेको छ भने अघिल्लो वर्ष ६८.६७ प्रतिशत रहेको सीडी रेसियोलाई बैंकले समीक्षा अवधिमा ७४.०८ प्रतिशत पुर्याएको छ ।

सम्बन्धित