ऋषित तर्पणी पर्व मनाईयो
काठमाडौं । हिन्दुधर्मावलम्बीहरुले आज ऋषित तर्पणी अर्थात जनै पूर्णिमा पर्व मनाएका छन् ।
जनै लगाउनेले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई स्नान गरी विशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्दछन् ।
यसै अवसरमा आफ्नो सुरक्षाका खातिर जप तप र पुजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ ।
तराईमा आ–आफ्ना दाजुभाईलाई दिदीबहिनीहरुले आजै राखी बाँध्ने चलन रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्