तपाईँ सुन्दै हुनुहुन्छः

अनुदानको रकम नपाएको भन्दै उजुरी

दमक-कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् ।

गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम हालसम्म वितरण नगरेपछि छानबिनको माग राख्दै उनीहरुले अख्तियार आयोगमा उजुरी गरेका हुन् । समूहमा आबद्ध ४२ किसानले इटहरीस्थित अख्यितारको कार्यालयमा उजुरी दर्ता गराएको उजुरीकर्ता श्याम न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाले समेत घटनाको निष्पक्ष छानबिनका लागि अख्तियारलाई सिफारिस पत्र पठाएको छ ।

चारै कृषक समूहलाई गत असार १५ गतेअगावै कृषि ज्ञान केन्द्र चन्द्रगढीले चैतेधानको अनुदानस्वरुप रु १९ लाख दिने निर्णय गरेको थिथो । अनुदान रकम उनीहरुले नपाएपछि अनियमितता भएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button