तपाईँ सुन्दै हुनुहुन्छः

मुगुको उत्तरी नाका तिब्बतमा हाट बजार शुरु

मुगु । मुगु जिल्लाको सिमानासँग जोडिएको उत्तरी नाका तिब्बतमा दश दिने हाट बजार शुरु भएको छ ।
यस वर्ष पनि मुगुका भोटे समुदायका मानिसहरु आफनो घर परिवारका लागि वर्षभरि चाहिने चामल, मैदा, आटो, घिउ, तेल लगायत लत्ता कपडाहरु सहित बिद्युतिय सामाग्री खरिदका लागि झोबा, खच्चड, घोडासहित तिब्बत तर लागेपछि हाट बजार शुरु भएको मुगुम् कार्मारोङ् गाउँपालिकाका अध्यक्ष छिरिङ् क्याप्ने लामाले बताउनुभयो ।
मुगुबाट यार्सागुम्बा, लगायतका जडिबुटी चिनियाँ पक्षलाई बेचेर आफूलाई चाहिने मालसामानहरु खरिद गर्ने गरिन्छ । साउनको २५ गते देखि शुरु भएको हाट बजार भदौ ३ गतेसम्म लाग्ने बताईएको छ ।
हाट बजारमा दुबै थरिका मानिसहरु नाच्ने, गाउने र रमाईलो गर्ने गर्दछन् । हरेक वर्ष यसै समयमा तिब्बतको पाटन क्षेत्रमा हाट बजार लाग्ने गर्दछ ।
मेला भर्नका लागि मुगुम् कार्मारोङ् गाउँपालिका भित्रका माग्री, मह, पुलु, चितै, ताखा, खारी, दाउरा, सेरोग, कार्ति, किम्री, पुअ, दोल्फू र मुगु गाउँका एक दर्जन गाउँका भोटे समुदायका मानिसहरु तिब्बत पुग्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button