तपाईँ सुन्दै हुनुहुन्छः

करेण्ट लागेर दुईको मृत्यु

पर्वत । पर्वतको महाशीला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजे विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षीय केशबहादुर क्षेत्री र ३० बर्षीय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
करेण्ट लागेकालाई बचाउन जाँदा स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् । महाशीला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button