तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक लाईसेन्स परीक्षाको प्रवेशपत्र वितरण हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले पहिलो पटक अनलाइन फाराम भर्ने गरी खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्दैछ ।

आयोगले परीक्षार्थी आफैँले प्रवेशपत्र निकाल्न मिल्ने व्यवस्था मिलाएको छ । आयोगका अनुसार गत असार २ गते प्रकाशन गरिएको विज्ञापनमा २ लाख ५० हजार भन्दा बढीले लाईसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमध्ये सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि आवेदन परेको पनि आयोगले बताएको छ ।

 

आयोगले पहिलो पटक अध्यापन अनुमतिपत्र परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था गरेको हो । प्रवेशपत्र आफैंले प्रिन्ट गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

प्रवेशपत्र प्रिन्ट गर्नका लागि आयोगले भदौ १५ गतेपछि सूचना प्रकाशित गर्ने पनि जनाएकोे छ । साथै उक्त सूचनामा नै परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्रहरुको पनि जानकारी दिइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button