तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी स्कूल विभागमा पोखरेल, नारायणकाजीलाई प्रचारको जिम्मा

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको सचिवालय बैठकले ३३ वटा विभागको प्रमुखको टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले बहु प्रचारित स्कूल विभागको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेललाई तोकेको छ । स्कूल विभागमा अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि दाबी गर्नुभएको थियो ।
बैठकले विदेश विभागमा वरिष्ठ नेता माधबकुमार नेपाल, संगठन विभागमा बामदेव गौतम र प्रचार विभागमा नारायणकाजी श्रेष्ठलाई प्रमुखको जिम्मेवारी तोकेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।
यसैगरी, नेकपा सचिवालय बैठकले सात वटै प्रदेश कमिटीमा सह ईन्चार्ज पनि तोकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button