तपाईँ सुन्दै हुनुहुन्छः

बैंकिङ कसुरका घटनामा वृद्धि

काठमाडौं । काठमाडौँ उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।

जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्ध मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ ।

उपत्यकामा आर्थिक वर्ष २०७४–०७५ मा ४८७ र आर्थिक वर्ष २०७३–०७४ मा १० जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो ।

यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउनु भयो ।

प्रहरीले खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ ।

मुलुकभर आर्थिक वर्ष २०७५–०७६ मा दुई हजार ६२० जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button