तपाईँ सुन्दै हुनुहुन्छः

१९ वटा पेट्रोल पम्पलाई कारवाही

वीरगञ्ज । गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय वीरगञ्जले बारा, पर्सा, रौतहट जिल्लाका १९ वटा पेट्रोल पम्पहरुलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ ।

आर्थिक वर्ष २०७५–७६ मा गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय वीरगञ्जले बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, सर्लाही लगायतका जिल्लाहरुमा रहेका ८ सय ९१ पेट्रोलपम्पमा अनुगमन गर्दा सफ्टवेयर जडान गरी उपझोत्ता ठगी गरेका १९ वटा पेट्रोल पम्पलाई कारवाही गरेको गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय पर्सा, वीरगञ्जका प्रमुख शशिभुषण यादवले बताउनु भयो ।

कारवाहीमा परेका पेट्रोलपम्पहरुमा बारा जिल्लाका केही सञ्चालकहरुलाई जनही १० हजार जरिवाना तथा ३ महिना कैद सजाँय गरिएको प्रमुख यादवले बताउनु भयो ।

यस्तै बारा जिल्लाका केही बिक्रेताका तथा सञ्चालकलाई जनही ३ वर्ष कैद र ३० हजार जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५–०७६ मा गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय वीरगञ्जले १ हजार ३ सय ५९ तौल यन्त्रको परिक्षण गर्नुका साथै नयाँ तौल यन्त्र राख्न ३ सय १८ जनालाई अनुमति दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button