तपाईँ सुन्दै हुनुहुन्छः

गर्ल्स र ब्वाइज दुवै टोलीको हार

काठमाडौं । भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपको टिम इभेन्टमा नेपालको गर्ल्स र ब्वाइज दुवै टोलीले हार बेहोरेका छन् ।

गर्ल्सतर्फ नेपाली टोली थाइल्यान्ड, हङकङ र इन्डोनेसियासँग समान ३–० ले पराजित भएको हो । ब्वाइजमा नेपाली टोली थाइल्यान्ड र भारतसँग समान ३–० ले पराजित भएको हो ।

नेपालले अब मिक्स डबल्स, ब्वाइज र गल्स डबल्स तथा ब्वाइज र गर्ल्स सिंगल्स खेल्न बाँकी छ ।

अगष्ट १३ देखि २१ तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button