तपाईँ सुन्दै हुनुहुन्छः

चार स्थानीय तह पहिरोको जोखिममा

बैतडी । जथाभावी डोजर लगाएर सडक खन्दा बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् ।

हचुवाका भरमा डोजर प्रयोग गरेर खनिएका सडक भासिन थालेपछी मेलौलि नगरपालिका र पुरचौंडी नगरपालिका तथा दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका कतिपय बस्ती खालि गर्नुपर्ने अवस्था आएको जिल्ला विपद् व्यवस्थापन समितीले जनाएको छ ।

पहिरो मात्रै नभएर अन्य प्रकोपका दृष्टिकोणले सबैभन्दा बढी मेलौली नगरपालिका जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button