तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा रेडियो नेपालका बुटवल सम्वाददाताको मृत्यु

 

सप्तरी ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ बरमझियास्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जीप दुर्घटना हुँदा रेडियो नेपालका सम्वाददाता डायल्सन अधिकारीको निधन भएको छ ।
बुटवलबाट आज बिहान विराटनगर जाँदै गरेको बा.१६.च २२३५ नम्बरको जीप राजमार्गमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको र उपचारका लागि लैजाने क्रममा संवाददाता अधिकारीको निधन भएको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।
दुर्घटनामा तिलोत्तममा नगरपाकिला वार्ड नं. १ का वडाअध्यक्ष तामनाथ पाण्डे, वार्ड नम्वर ५ का अध्यक्ष सोहन चौधरी, वाणिज्य संघका अध्यक्ष जेपी कँडेल र चालक अशोक भण्डारी घाईते भएका छन् । चालकको अवस्था गम्भिर छ ।
चारै जनालाई ठेलीया स्थित धर्मेस्वर हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर स्थित नोवेल अस्पताल पठाईएको छ ।
स्वर्गीय अधिकारीको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाईएको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले बताउनुभयो ।
पुर्व जाँदै गरेको स्कारपियो पिकअप आफै अनियन्त्रीत भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्वर्गीय डायलसन अधिकारी लामो समयदेखि रेडियो नेपालको रुपन्देही जिल्ला संवाददाताका रुपमा कार्यरत रहदै आउनुभएको थियो ।
उहाको निधनमा रेडियो नेपालले गहिरो शोक प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button