तपाईँ सुन्दै हुनुहुन्छः

कास्मीर मामिलामा संयुक्त राष्ट्र संघमा छलफल

काठमाडौं । कास्मीर मामिलामा भारत र पाकिस्तानबीच चुलिएको विवादबारे संयुक्त राष्ट्र संघमा छलफल भएको छ ।

भारत सरकारद्वारा धारा ३७० हटाएर कास्मीरको स्वायत्त राज्यको दर्जा खोसिएको विषयमा पहिलो पटक संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा छलफल भएको छ । पाकिस्तानको अनुरोधमा शुक्रबार संयुक्त राष्ट्र संघको बैठक बसेको थियो ।

संयुक्त राष्ट्र संघको बैठकले कास्मीर मामिलाको शान्तिपूर्ण समाधान खोज्नुबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकालेको छ । संयुक्त राष्ट्र संघका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले कास्मीर भारतको आन्तरिक मामिला भएकोले यस विषयमा संयुक्त राष्ट्र संघमा छलफल गर्न आवश्यक नभएको दाबी गर्नुभएको थियो ।

सुरक्षा परिषद्को स्थायी सदस्य चीनले पाकिस्तान र भारतलाई उत्तेजित नभई शान्तिपूर्ण समाधानको बाटो खोज्न आग्रह गरेको छ ।

बैठकमा कास्मीरमा लगाइएको प्रतिबन्ध, स्थानीय नेताहरुलाई गरिएको नजरबन्द र मानवअधिकारको हनन्बारे चिन्ता जाहेर गरिएको छ । भारतले भने प्रतिबन्ध छिट्टै हट्ने र जनजीवन सहज हुँदै जाने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button