तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ ।

भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइन्छ ।

यस वर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्णअष्टमीकै दिन पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

समितिले स्वीकृत गरेको पञ्चाङ्गमा भाद्र कृष्णअष्टमी अर्थात् भदौ ६ गते नै गौरा पर्व मनाउनुपर्ने उल्लेख गरिएको छ ।

समितिको स्वीकृति बेगर आफुखुशी निस्कने पात्रोले चाडपर्वका विषयमा आम मानिसलाई द्विविधा बनाउने गरेको छ ।

सामान्य मानिसलाई समितिले स्वीकृत गरे/नगरेको थाहा नहुने भएकाले पनि समस्या भएको थियो ।

सरकारले चाडपर्वको निर्णय गरी पात्रोलाई स्वीकृति दिन समितिको गठन गरे पनि यससम्बन्धी कार्यविधि र निर्देशिकालगायत आधार नबनाएकाले काममा समस्या हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button