तपाईँ सुन्दै हुनुहुन्छः

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

काठमाडौँ । २८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो ।

२०७४/७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४/७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ भने बाँकी २५ बैङ्कले नाफा बढाएका छन् ।

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ । आव ०७५/७६ मा वाणिज्य बैङ्कहरुको औषत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२।३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

गत वर्ष राष्ट्र बैकले निक्षेप र कर्जाकामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भएपनि वाणिज्य बैङ्कले गत आवमा त्यस्तो अन्तर ५.७ राखेर नाफा बढाएको देखिन्छ /

प्रतिक्रिया राख्नुहोस्

Back to top button