तपाईँ सुन्दै हुनुहुन्छः

रासायनिक मलको अनुदान रकम कटौती

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि छुट्टाइएको रासायनिक मलको अनुदान रकम कटौती गरेको छ ।

अर्थ मन्त्रालयले रासायनिक मलको वैज्ञानिक वितरणको व्यवस्था नभएकाले मलमा अनुदान कटौती गर्नुपरेको जनाएको छ । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले रासायनिक मलको अनुदान नौ अर्ब छुट्टाएको थियो ।

रासायनिक मलको कूल आवश्यकता सात लाख मेट्रिक टनमध्ये आर्थिक वर्ष २०७६–७७ का लागि नौ अर्ब छुट्टाएको हो ।

यस वर्ष तीन लाख २७ हजार मेट्रिक टन मल आयात भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले डिएपी र युरिया मलका लागि एक अर्ब ५० करोड रकम कटौती भएको जानकारी दिनुभयो ।

मन्त्रालयले खर्च गर्न पाउने अनुदानको मल कृषि क्षेत्रका लागि विनियोजन भएको बजेटको २१ दशमलव शून्य पाँच छ प्रतिशत मात्र हो । सरकारले चालू आवमा कृषि तथा पशुपालन क्षेत्रको समग्र विकासका लागि ३४ अर्ब ८० करोड रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button