तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल डिजिटल युगतर्फः सञ्चारमन्त्री बाँस्कोटा

खगेन्द्र भण्डारी, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल डिजिटल युगतर्फ अघि बढिसकेको बताउनुभएको छ ।

कम्प्युटर एशोसिएसन अफ नेपालले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको कार्यशालामा मन्त्री बाँस्कोटाले डिजिटल नेपालका लागि सरकारले पाँच वर्षभित्र एक हजार मिलियन डलरको परियोजना अघि बढाइसकेको जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले दुर्गम भेगका बासिन्दासम्म सूचना प्रविधिको पहुँच पुर्याउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने सरकारको योजना रहेको बताउनुभयो ।

आजै नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई बनेपामा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button