तपाईँ सुन्दै हुनुहुन्छः

‘तीन वर्षमा सबै नेपालीको घरमा विद्युत्’

विद्या, सरिता । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले आगामी तिन वर्षमा सबै नेपालीको घरमा विद्युत पुग्ने गरि काम भइरहेको बताउनुभएको छ ।

विद्युत प्राधिकरणको ३४ औं वार्षिकोत्सवमा मन्त्री पुनले मुलुकलाई विद्युतिय ऊर्जामा आत्मनिर्भर बनाउन वैदेशिक लागानी समेत जुटाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री पुनले निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्न आग्रह गर्दै उत्पादित विद्युत सरकारले खरिद गर्ने र त्यसका लागि नीतिगत र संस्थागत सुधार गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले दिगो विकासको लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार ऊर्जा भएकोले त्यसको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उर्जा जल स्रोत तथा सिचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले उत्पादित विद्युतको ब्यवस्थापन चुनौतीपूर्ण भएकोले चार्जिङ स्टेसन निर्माण र विद्युतिय सवारी साधनको सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको लक्ष्य अनुसार डिजिटल प्राधिकरण निर्माण गर्न लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button