तपाईँ सुन्दै हुनुहुन्छः

मदन पुरस्कार ‘रणहार’लाई

काठमाडौं । मदन पुरस्कार गुठीले २०७५ सालको मदन पुरस्कार “रणहार” उपन्यासका लागि योगेश राजलाई प्रदान गर्ने भएको छ ।

मदन पुरस्कार गुठीको आज बसेको साधारणसभा बैठकले २०७५ सालमा प्रकाशित पुस्तकहरु मध्येवाट ७ वटा छनौटमा परेकामा योगेश राजद्धारा लिखित “रणहार” उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

यसैरी २०७५ सालको जगदम्बाश्री पुरस्कार कवि वैरागी काइलालाई प्रदान गर्ने भएको छ ।

लिम्बु भाषा र मुन्धुम संस्करण अध्ययन अनुसन्धान तथा अभिलेखिकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा योग्दान गरेको भन्दै वैरागी काइला अर्थात तिल बिक्रम नेम्वाङलाई प्रदान गर्ने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले जानकारी दिनुभयो ।

मदन पुरस्कार गुठीले यस वर्ष देखी मदन पुरस्कार र जगजम्बा–श्री पुरस्कारको राशी चार–चार लाख हुने र आउदो असोज १२ गते घटस्थापनाका दिन प्रदान गरीने जनाएको छ ।

स्वर्गिय मदन शमशेरको स्मृतीमा मदन पुरस्कारको स्थापना २०१२ सालमा स्थापना भएको थियो भने जगदम्बा–श्री पुरस्कारको स्थापना २०४५ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button