तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीद्धारा साईकल वितरण

संजीव बिक्रम शाह, सप्तरी । प्रदेश नं. २ का मुख्यमन्त्री लालवावु राउतले आईतवार सप्तरीको कंकालिनि नगरपालिका स्थित दुई विद्यालयका १ सय २३ वालिकालाई साईकल वितरण गरेका छन् ।

प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत विपी मावी भारदह र कंकालिनी मावी पोर्ताहाका वालिकालाई एक÷एक थान साईकल वितरण गरिएको हो ।

विपी मावीका ७१ तथा कंकालिनी मावीका ५२ जना वालिकालाई साईकल वितरण गरिएको छ । दोश्रो मधेश आन्दोलनका पहिलो शहिद राजिव राउतको चौथो श्रद्धान्जली सभामा सहभागि हुन आएका राउतले वालिकालाई साईकल वितरण गर्नु भएको छ ।

यसअघि आयोजित श्रद्धाञ्जली सभामा वोल्दै मुख्यमन्त्री राउतले समग्र प्रदेशको समृद्धिका लागि सवैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

भदौ १ पछि प्रदेशका हरेक वालिका करोडपछि भएर जन्मिरहेको वताएका उनले ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तरगत हालसम्म ४ हजार ३ सय छोरीको विमा गरिसकिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button