तपाईँ सुन्दै हुनुहुन्छः

आजको मौसमः यी भू–भागमा चट्याङसहितको पानी पर्ने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेकाले मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उत्तर–पूर्व राजस्थान तथा हरियानातिर निम्न चापीय प्रणाली सक्रिय रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पश्चिम तथा मध्य भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको मध्य र पश्चिमि भू–भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर समग्र मौसमको अवस्था 

हाल देशभर आंशिक देखि सामान्य  बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको  एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भाद्र ४ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिम तथा मध्य भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button