२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा

रेडियो नेपाल २०७६ भदौ २ गते ९:४५

काठमाडौं । ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

दिउँसो दुई बजे प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेकाे छ ।

नेपालमा पहिलोपटक यस्तो सम्मेलन आयोजना हुन लागेको र यसले पूर्वीय दर्शन तथा मार्क्सवादी दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्ने सम्मेलन आयोजक समिति संयोजक प्रा.डा. काशीनाथ न्यौपानेले जानकारी दिए ।

सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, युरोपसहितका १२ राष्ट्रका प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलन मंगलबारसम्म चल्ने छ ।

सम्बन्धित