तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी,जनजिवन तनाबग्रस्त

रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ ।

चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो ।

राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।

रसुवा.भन्सार याडमा भंसार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राती नै सार्ने काम गरिएको छ ।

जिल्लाको उत्तरगया गाँउपालिका १ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भुकम्पबाट बिस्थापित भएका बासिन्दासमेत समयमै सुचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज पुल बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले बताए ।

उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् ।

भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button