तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिनादेखि हङकङमा प्रदर्शन जारी

काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् ।

स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए ।

गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।

गत हप्ता हङकङ विमानस्थलमा हिंसात्मक प्रदर्शन भएपछि शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

उता सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई भिक्टोरिया पार्कमा मात्र भेला हुने अनुमति दिएका छन् ।

गत सोमबार र मंगलबार प्रदर्शकारीले विमानस्थल नै कब्जा गरेपछि एसियाका व्यस्त विमानस्थल मध्येको हङकङ विमानस्थलमाबाट सयौं उडान प्रभावित भएका थिए । बिरोध प्रदर्शन चर्कंदै गएपछि हङकङमा रहेका चिनिया जनमुक्ति सेना परिचालन हुन सक्ने चिन्ता ब्यक्त हुने गरेको छ ।

हङकङको सीमा क्षेत्र सैनिक बल थपेपछि चीनले त्यसको तयारी गरेको आंकलन गरिएको छ ।

अपराध र बलात्कार आरोपीलाई मुख्य भूमी चीनमा सुपुर्दगी गर्ने सम्बन्धी बिधेयक ल्याएपछी त्यसको बिरुद्धमा आन्दोलन चर्किएको हो । (एजेन्सी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button