तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै ब्रान्डमा एलपी ग्यास ल्याउँदै आयल निगम

काठमाडौं । ‘एनओसी’ ब्राण्डमा आयल निगमको ग्यास आउने भएको छ । निगमले चालु आर्थिक वर्षमा विभिन्न तीन स्थानमा ग्यासको भण्डार स्थापना गरी ग्यास सिलिण्डर उत्पादन गर्ने तयारी गरेको छ । यसका लागि निगमले कार्यक्रम समेतच स्वीकृत गरिसकेको छ।
चालु आर्थिक वर्षमा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर, र प्रदेश ३ मा मकवानपुरको हेटौडामा भण्डारगृह निर्माण गर्न लागिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । ग्यासको बोटलिङ प्लान्ट स्थापन गरस्ी आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर पनि उत्पादन गर्न लागिएको उनले जनकारी दिए । निमगले एनओसी ब्रान्डमा ग्यास सिलिन्डर उत्पादना गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button