तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा पानीको वहाव उच्च

कञ्चनपुर । महाकाली नदीमा पानीको वहाव उच्च भएको छ । लगातारको बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो ।

कञ्चननपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव १ लाख ३८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

नदीमा पानीको बहाव बढेसँगै भारतले महाकाली (शारदा) ब्यारेजमा चारपांग्रे सवारीसाधानको आवागमनमा रोक लगाएको छ ।

चारपांग्रे सवारीसाधानमा रोक लगाइएपनि पैदलयात्री र दुई पांग्रे सबारीका साधन भने सञ्चालनमा रहेका छन् ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि पुलका सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चारपांग्रे सवारीसाधानको आवागमनमा रोक लगाउँदै आएको छ ।

महाकाली नदीको पानीको बहाव डल्डेल्धुराको परीगाँउ र दार्चुलाको दत्तुमा मापन गर्ने गरिन्छ ।

पहाडी जिल्लामा पानीको बहाव घट्दै गइरहेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार डडेल्धुरामा पानीको बहाव ५ मिटर ८० सेन्टीमिटर नाघे चेतावनीको संकेत मान्ने गरिएकोमा आज ४ मिटर ४७ सेन्टीमिटर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button