तपाईँ सुन्दै हुनुहुन्छः

विप्लवद्धारा सल्यानमा जग्गा कब्जा

तुलसीपुर। विप्लव समूहले सल्यानमा जग्गा कब्जा गरेको छ । छत्रेश्वरी गाउँपालिका– ६ मा रहेको खैराबाङ मन्दिरको गूठीको जग्गा कब्जा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन जनपरिषदले जनाएको छ । गुठीको जग्गा ६ रोपनी रहेको छ । स्थानीय दुर्गाबहादुर बुढाको मकै बारी र खेतमा विप्लव समूहले झण्डा गाडेपनि गुठीको जग्गालाई कब्जा गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ‘दुर्गाबहादुर सामान्य परिवारका हुन् ,’ सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले भने– ‘ गुठीको जग्गा भनेर विप्लवले झण्डा गाडेको हुन सक्छ । त्यहाँ गाडेको झण्डा हिजो झिक्यौ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button