२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानी खुकुरीको माग बढ्दो,जनशक्तिको अभाव

रेडियो नेपाल २०७६ भदौ २ गते १२:०३

पछिल्लो समयमा सल्यानी खुकुरीको माग अत्याधिक बढन थालेको छ । पहिचानको रुपमा रहेको सल्यानी खुकुरी जिल्ला छोडेर जानेहरुको लागी उपहारको रोजाई बनेको छ । खुकुरीको माग बढदै गएपनि जनशक्तिको अभाव हुँदा माग अनुसारको खुकुरी निर्माण भने हुन सकेको छ्रैन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ को विश्वकर्मा टोलमा १० परिवारमध्ये ६ परिवारले खुकुरी बनाउदै आईरहेका छन् । ६ विश्वकर्मा परिवारलाई हरेक दिन खुकुरी बनाउन भ्याइनभ्याइ हुने गरेको छ ।
पछिल्लो समयमा खुकुरी बनाउने काममा युवा पुस्ता भने संलग्न नहुँदा पेशा संकटमा पर्न थालेको स्थानीय जुद्धबिर बिश्वकर्मले बताए । उनका अनुसार पहिले १० घरले खुकुरी बनाउदै आएको भए पनि बिस्तारै खुकरी बनाउने संख्या घटिरहेका छन् । उनले भने ‘खुकुरी निर्माण गर्ने जनशक्ति अभाव, कोईलाको अभाव हुदाँ अडर गरको अनुसार खुकुरी बनाउन सकिएको छ्रैन् ।पहिले पहिले सबैले खुकुरी बनाउने पेसामा आबद्ध भएपनि अहिले सबैले पेसा छोडेर बसाई सर्न थालेको बताए । उनले भने बजारमा खुकरीको माग भए अनुसार पु¥याउन सकिएको छैन,अहिलेका युवाहरु पनि चासो देखाउदैनन, कोईला पनि पाउदैन, खुकुरी निर्माण गर्न सके आम्दानीको राम्रो स्रोत छ । खुकुरी निर्माण गरेर महिनामा १५ देखि २० हजारसम्म कमाउने गरेको उनले बताए ।

अहिले सल्यानी, सिरुपाते, ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षत्रीलगायत नामका खुकुरी बनाउने अर्का स्थानीय बिष्णु बिश्वकर्माले बताए । खुकुरी, उपहारस्वरुप विदेशसम्म जाने भएपनि माग अनुसार उत्पादन गर्न नसकेको उनको दुखेसो छ । । युवा पुस्ताको आकर्षण बढ्न भने सकेको छैन जसले गर्दा पेशा संकटमा पर्ने संकेत देखिएको छ । अधिक परिश्रम गर्नुपर्ने, जनशक्ति बढी चाहिने र कोइलाको अत्यधिक प्रयोग हुने भएकाले परम्परागत आरन व्यवसाय संकटमा पर्दै आएको छ । आफुहरुले निर्माण गरेका सल्यानी खुकुरी जिल्ला बाहिर र देश बाहिर समेत जाने गरेको उहाँले उनको भनाई छ ।दिपक शर्मा

सम्बन्धित

नेप्सेमा ३५.८९ अङ्कको गिरावट   

१२ घन्टा अगाडि रेडियो नेपाल

पर्यटकलाई लोभ्याउँदै सत्खलुवा ताल

१४ घन्टा अगाडि संजय आचार्य

दाङमा तोरी उत्पादनमा वृद्धि

१६ घन्टा अगाडि रेडियो नेपाल