पाँच वर्ष नेकपाको सरकार, कुनै दुविधा छैन: अध्यक्ष प्रचण्ड
जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सरकार ५ वर्ष टिक्ने बताउनु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसँगै सोमबार जनकपुर आइपुग्नुभएका दाहालले ओली नेतृत्वको सरकार नै ५ वर्ष टिक्ने बताउनु भएको हो ।
आइतबार मात्रै संसदमा प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गर्नुभएको थियो ।
अध्यक्ष दाहालले पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले अब गतिका साथ काम गर्ने बताउनुभयाे।
वरिष्ठ नेता नेपालले भने पार्टी एकता गर्दा वरिष्ठ नेताहरू छुटेकाले उनीहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्