तपाईँ सुन्दै हुनुहुन्छः

टी–ट्वान्टीको नयाँ वरियताः नेपाल यथावत् स्थानमा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी–ट्वान्टीको वरियतामा नेपाल ११ औ स्थानमा यथावत रहेको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ टी–ट्वान्टी वरियतामा नेपालले १४ खेलबाट २०१ अंक पाउदै ११ स्थानमा कायम रहेको छ ।

नेपालले पछिल्लो पटक ६ वटा टी–२० खेल खेलेको थियो । जसमा उसले गत महिना मलेसियासँगको दुई खेलको टी–ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।

जसमा उसले कुल ६ खेलमा ४ मा जति र २ हार ब्यहोरेको थियो ।

एसोसियट राष्ट्र मध्यमा नेपाल शीर्ष वरियतामा रहेको छ । नेपाल भन्दा मुनी जिम्बावे र आयरल्याण्ड रहेका छन् । नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटीङ अंकले पछि रहेको छ ।

टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button