तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गर्नुभयको छ  ।मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले  जानकारी दिनुभयो । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न  बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिङ्गापुर भ्रमणबारे जानकारी गराउने जनाइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिङ्गापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किनु भयको थियो । चिकित्सकको सल्लाहअनुसार पुनः परीक्षणका लागि उहा फेरि त्यसतर्फ जादैहुनु हुन्छ ।आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उहाले आफ्नो स्वास्थ्यबारे केही बताउनु भयन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button