तपाईँ सुन्दै हुनुहुन्छः

९४ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं। हालसम्म मुलुकमा ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाइएको छ ।

रोपाइँको ‘सिजन’ सकिन लाग्दा साउन मसान्तसम्म ९४.४३ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको हो ।

रोपाइँको मुख्य सिजन असार र साउन महिना सकिँदासम्म अझै ६ प्रतिशत रोपाइँ हुन भने बाँकी नै रहेको जनाइएको छ ।

गत वर्ष यसै अवधिसम्म कुल ९५.३९ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ ।

यस वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उच्च शतप्रतिशत रोपाइँ सकिएको छ भने गन्डकी प्रदेशमा सबैभन्दा कम अर्थात् ८८.९२ प्रतिशतमात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ मा ९३ प्रतिशत, प्रदेश नम्बर–३, प्रदेश नम्बर–५ र कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button