तपाईँ सुन्दै हुनुहुन्छः

कहाँ कहाँ पर्दैछ आज पानी ?

काठमाण्डौ – आज मंगलबार देशका बिभिन्न स्थानको मौसममा सामान्य बदली भई हल्का पानी पर्ने सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य र पश्चिमी क्षेत्रका केहि स्थानको मौसममा बदली भई मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि मध्य र पश्चिमी क्षेत्रका केही भूभागमा पानी पर्ने सम्भावना रहेको छ । आज पूर्वका केही भूभागमा पनि मौसममा बदली भई पानी पर्ने मौसमबिद्ले जनाएका छन् । मौसमबिद्का अनुसार आज लगातार झरी पर्ने सम्भावना नरहेको जनाएका छन् ।

देशभर समग्र मौसमको अवस्था 

हाल देशभर आंशिक देखि सामान्य  बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान 

भाद्र ३ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भाद्र ४ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।  देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भाद्र ५ गते (विहिबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पूर्व र मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।  देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिम तथा मध्य भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button