तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरको लोकन्थलीमा पहिरो गयो, पाँच घर जोखिममा (फोटो फिचर)

काठमाडौं । भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा गएराति पहिरो खसेको पाँच घर जोखिममा परेका छन् । सडक किनाराको एक छेउमा माथिबाट पहिरो खस्दा पाँच घर जोखिममा परेका हुन् ।

सोमबार राति परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको हो । जोखिममा परेका घरका मानिसलाई राति नै अन्यत्र सारिएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा सवारी आवागमन समेत प्रभावित बनेको छ । अरनिको राजमार्ग भएर काठमाडौं आउने सवारी साधान आवागमन प्रभावित बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button