तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश–२ का अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाडौं, ३ भदाै । पार्टीले सहयोग नगरेको भन्दै सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् ।प्रदेश अध्यक्ष बनाइएका साह स्थायी कमिटि सदस्यमा आफु नपरेपछि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।प्रदेश–२ अध्यक्ष भएपछि पनि भूमिकाविहीन समेत रहेका साहले आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएको गुनासो गरेका छन् ।

प्रदेश कमिटी सदस्यहरुको चयन एवं पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको समेत उनको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button