तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेदेखि शुरु हुने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा
सामान्य प्रशासन मन्त्रालय सम्बन्धी विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ। सांसदहरुले उठाएका प्रश्नको जवाफ सम्वन्धीत मन्त्रालयका मन्त्रीले दिने छन्। आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री चक्रपाणी खनालले “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

यसै गरी आजकै बैठकमा अर्थ मन्त्री डा युवराज खतिवडाले अर्थ समितिको प्रतिवेदन सहितको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव गर्ने कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button