तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारमा मृत भेटिए योजना आयोगका कर्मचारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका  कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा मृत भेटिएका छन् । कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।

उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ ।राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरीले जानकारी दिए।

राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा करिब केसी बिहान आयोगको सभाहलमा मृत भेटिएका थिए।प्रहरी स्रोतका अनुसार उनले आत्महत्या अघि लेखेको सुसाइड नोट पनि फेला परेको छ । उनले सुसाइड नोटमा ‘मेरो आफ्नै कारणले यो बाटो रोजेको हुँ यसमा कसैको पनि दोष नभएको उल्लेख गरेको प्रहरी स्रोतले बतायो । उनी मृत भेटिएको ठाउँमै विषको बट्टा र पाकेको केरा भेटिएका छन्।

‘साँझ ५स्२७ बजे निस्केर पुनः राति ११ बजे छिरेको सीसीटीभी फुटेजमा देखिएको छ’, घटनास्थल निरीक्षण गरेर बाहिर निस्कने क्रममा सांसद केसीले भने ।

मृतक केसी भुईँमा डल्लो परेर लडेको अवस्थामा देखिएको केसीले बताए। मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताएका छन्। फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।

आयोगका उपाध्यक्ष प्रा. पुष्पराज कँणेल पनि भर्खरै घटनास्थल पुगेका छन्। मृतक केसीकी श्रीमतीसहित परिवारका सदस्य पनि घटनास्थल आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button