तपाईँ सुन्दै हुनुहुन्छः

तराइ डुबानबारे भारतसँग दह्रो कुरा गर्नुपर्छ:अध्यक्ष प्रचण्ड

जनकपुरधाम। नेपाल कम्यूनिष्ट पार्टी–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेशका जिल्लाहरुमा आन्तरिक र भारतका कारणले समेत डुबान हुने गरेकोले यस विषयमा भारत सरकारसँग दह्रो रुपमा प्रस्तुत भएर दुवै देशका सीमावर्ती जनताको अहित नहुने गरी विकास निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला विपद् व्यबस्थापन समिति धनुषाको मंगलबार जनकपुरधाममा बसेको विशेष वैठक तथा बाढी पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राकृतिक विपद्को समयमा मात्र राहत तथा उद्धार गरेर समस्याको समाधान हुन नसक्ने हुनाले दीर्घकालिन सोचका साथ चुरेको संरक्षण तथा बलियो संरचनाको निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश नम्बर २ मुलुककै खाद्यान्न आपूर्ति गर्ने तथा हरेक परिवर्तनका लागि अग्रस्थानमा रहेर सघर्ष गर्ने स्थल भएकाले यो प्रदेशको विकासका लागि वर्तमान सरकारले सुनकोशी–कमला डाईभर्सन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, हुलाकी सडक तथा रेल वेको निर्माणका साथै फाष्ट ट्रयाक खोल्ने काम सुरु भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ सफल र समृद्ध भए सिङ्गो देश सफल एवं समृद्ध हुने भएकोले नै अहिले सरकारले तराइ मधेसमा ठूलाठूला परियोजनाहरु अघि बढाएको बताउनुभयो । उहाँले प्रदेश नंं २ का बाढी पीडितका लागि ठोस प्याकेज हित चाडैं संघीय सरकार पीडित जनताको घर दैलोेमा आउन लागेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश नंं २ सरकारले यस पटकको बाढी र डुबानका बेला देखाएको सक्रियताको प्रशंसा गर्दै ै बाढीका कारण घरबारविहिन भएका गरिब जनताका लागि जनता आवासमार्फत् पक्की घरको निर्माण गरिदिएर स्थायी समाधान गर्ने पक्षमा सरकार रहेको बताउनुुभयो ।
नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्राकृतिक विपद्को बेला राजनीति भन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालभित्र निर्माण गरिने संरचनाहरु दीर्घकालिन सोचका साथ गर्नुपर्ने उल्लेख गर्दैै अहिले बनेको संरचनाहरुमा त्रुटि भएकाले पानीको प्राकृतिक बहाव नभएर बढी धनजनको क्षति भएको बताउनुभयो ।
बरिष्ठ नेता नेपालले भारतीय बाँध निर्माणका कारणले गौरमा रहेको आफ्नो पैतृक घरमा ६ फिटसम्म पानी जमेको उदाहरण दिदैं भारत सरकारसँग डुबानको विषयमा दृढतापूर्वक कुराकानी गर्न जरुरी रहेको पनि बताउनुभयो ।
प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूमन्त्री ज्ञानेन्द्र कुमार यादवले चुरे क्षेत्रमा गैरकानूनी रुपमा भैरहेको अतिक्रमण हटाउन जरुरी रहेको उल्लेख गर्दै विकासको नाममा चुरे क्षेत्रमा भैरहेको दोहनले थप विपद् निम्त्याउने रहेको बताउन भयो ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज कडेंलले जिल्लामा बाढीवाट भएको धनजनको क्षतिका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button