तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से सूचक फेरी ओरालो

काठमाडौं । निरन्तर ओरालो लागेको नेपाली पूँजी बजारमा सोमबार ७ अंकको सुधार हुदा लगानीकर्तामा आशा थपिएको थियो । तर नेप्से सूचकमा आएको त्यो सुधार मंगलबार कायम रहन नसक्दा फेरी लगानीकर्ता निराश वनेका छन् । त्यसैले मंगलबार सूचक सँगै कारोबार रकममा समेत गिरावट आएको छ । यस दिन ८.४३ अंकले सूचक ओरालो लाग्दा नेप्स १२१३.६३ विन्दुमा झरेको छ । मंगलबार १६५ कम्पनिको ११ लाख ७७ हजार ६४७ कित्ता शेयर २७ करोड ३५ लाख ८ हजार ७८५ रुपैंयाँमा किनवेच भएको छ ।

समूहगतरुपमा हेर्दा यस दिन १२ वटा समूह शेयर कारोबारमा आएकोमा दुइवटा समूहको मात्र सूचक सकारात्मक वनेको छ भने बाँकी १० वटा समूहको सूचक भने ओरालो लागेको छ । यस दिन वढ्ने समूहमा ट्रेडिङ्ग समूह ६.५९ अंकले तथा म्युचल फण्ड समूह ०.०५ अंकले वढेको छ । हाइड्रोपावर समूहको सूचक यस दिन सवैभन्दा धेरै १३.२८ अंक अर्थात १.२५ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकममा यस दिन सोल्टि होटल सवैभन्दा अगाडी रहेको छ । यस दिन सोल्टी होटलको ४ करोड ३५ लाख ८४ हजार ८९५ रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ भने रसुवागढी हाइड्रोपावरको १ करोड ६६ लाख रुपैंयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ । त्यस्तै यो दिन अर्को धेरै कारोबार गर्ने कम्पनिमा एनआइसि एशिया बैंक रहेको छ । यस दिन एनआइसी एशिया बैंकको शेयर कारोबार १ करोड ३२ लाख रुपैंयाँ भन्दा धेरै भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button