तपाईँ सुन्दै हुनुहुन्छः

गृहकार्य नपुग्दा नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । मंगलबार बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ।बैठक नबसेपछि बालुवाटारबाट सबैभन्दा पहिले माधवकुमार नेपाल बाहिरिएका छ्न्। त्यसपछि नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पनि निस्किएका छन्। बालुवाटारबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको तयारी नपुगेको सन्देश महासचिव विष्णु पौडेलमार्फत् पठाएपछि आफुहरु उठेको बताउनुभयो । बैठक स्थगित भएपछि दुई अध्यक्ष सर्वदलीय बैठकको तयारीमा जुटेका छन्। यो बैठकमा ज्येष्ठ नागरिक र विदेश विभागसहितका निकायका प्रमुख नियुक्तिबारे टुंगो गरिने तयारी थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button