तपाईँ सुन्दै हुनुहुन्छः

एकसय ३ किलो गाँजासहित ५ जना पक्राउ

मकवानपुर । प्रहरीले १ सय ३ किलो लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका दुई स्थानबाट गाँजासहित ५ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक  गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौँडा १५ रातोमाटोबाट वीरगञ्ज  जाँदै गरेको एचआर ५१ एल २४४१ को भारतीय कारलाई जाँच गर्दा २१ किलो ५ सय ग्राम गाँजासहित उनीहरलई पक्राउ गरेको हो ।

कार चालक भारतीय नागरिक मुकेश सहनी, राजकुमार, भारत मोतिहारीकै ओमप्रकाश चौधरी र पर्सा जिल्लाका जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरीएको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टाेली राक्सीराङ गाउँपालिका ३ पलासे वसपार्कबाट ८१ किलो ७ सय ग्राम गाँजासहित सप्तरीका पुरन साहालाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button