तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानको अघिल्लो चरण पुग्ने सम्भावना जीवित

अजय बम । एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको को दोस्रो दिन समूह ‘बी’मा अफगानिस्तानले पहिलो जित दर्ता गर्दै अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेकोे छ ।

अफगानिस्तानले बंगलादेशलाई ३–२ ले हराउँदै दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

लगनखेलस्थित नेपाली सेनाको कर्भड हलमा मंगलबार अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९ –२५, १८–२५, २५–२२ र १५–१२ ले आफनो पक्षमा पारेको थियो ।

पहिलो दिन दुवै टोलीले हारबाट च्याम्पियनसिपको सुरुवात गरेका थिए । त्यसअर्थमा दुवै टोलीलाई अघिल्लो चरण पुग्नका लागि आजको खेल जित्नै पर्ने बाध्यता थियो ।

पहिलो दिन सोमबार बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो । त्यो खेलमा उज्वेकिस्तान २५–१६, २५–१६ र २५–२३ ले विजयी भएको थियो ।

त्यसअघि समूह ‘बी’कै अर्को खेलमा अफगानिस्तान तुर्किमनिस्तानसँग ३–१ ले पराजित भएको थियो । त्यो खेल तुर्किमिनिस्तानले ३२–३०, १६–२५, २७–२५ र २६–२४ ले जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button