तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक क्षेत्रमा नै सदाचार हुनुपर्नेमा जोड

भुवनप्रसाद आचार्य । मुलुकमा सदाचार निर्माणका लागि राजनीतिक क्षेत्रमा नै सदाचार हुनुपर्नेमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिनु भएको छ ।

ट्रान्सप्यारेन्सी इन्टरनेशनल् नेपालको २४ औं स्थापना दिवसको सन्र्दभमा आयोजित विचार गोष्ठीमा वक्ताहरुले राजनीतिक पार्टीहरु र मुलुकको निर्वाचन प्रणालीमा सुधार गर्न सकेको खण्डमा मुलुकमा भ्रष्टाचार कम भै शुसाशन गर्न सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा अख्तियार दुरपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले आयोगले साना र ठूला भ्रष्टाचारका मुद्दा नभनी मुद्दाहरुलाई किनारा लगाएर जनतालाई भ्रष्टाचार विरुद्धको सन्देश दिन खोजेको बताउनु भयो ।

प्रमुख आयुक्त घिमिरेले मुलुकमा शुसासन कायम गर्न महत्वपूर्ण विषयका रुपमा रहेको निर्वाचन प्रणालीको परिर्वतन वा पुनरावलोकनका लागि समग्र पक्षबाट छलफल हुनु आवश्यक भएको बताउनु भयो ।

महालेखा परीक्षक टंकमणि शर्माले राजनीतिक दलका नेता र दलहरुमा सदाचार भएका खण्डमा मात्र शुसासन कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

उहाँले राज्यका साधन र स्रोतको दुरुपयोग बढेको र भ्रटाचारको मुलको रुपमा निर्वाचन र खर्च गर्ने प्रवृति विकास भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व निर्वाचन आयुक्त, पूर्वसांसद, पूर्व मुख्य सचिवहरु, सचिवहरु, कानुन व्यवसायी तथा नागरिक समाजका प्रवुद्ध व्यक्तिहरुले भ्रष्टाचार विरुद्ध समाजका विभिन्न तहमा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्र्नेे, सरकार र विपक्षी दल सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button