तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्रीद्धारा पहिरो प्रभावित क्षेत्रको अवलोकन

पुष्करराज बुढाथोकी, भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले भक्तपुरको लोकन्थलीमा आज गएको पहिरो प्रभावित क्षेत्रकोे अवलोकन गर्नुभएको छ ।

स्थलगत अवलोकन पछि सञ्चार मन्त्री बाँँस्कोटाले पहिरोबाट थप क्षति हुन नदिन सरकार सचेत रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले तीनै तहका सरकारले समन्वय गरी जोखिममा परेका घर ,सडक र त्यस क्षेत्रको सुरक्षाको लागि तत्कालीन र दिर्घकालीन समाधानको पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button